बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

कोशी प्रदेशमा चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर, २८ चैत्र । कोशी प्रदेशमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । कोशी प्रदेशको झापा र मोरङ जिल्लामा बुधबार चट्याङले लागेर २ जनाको मृत्यु भएको हो । 

बुधबार बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको चट्याङ लागेर मृत्यु भएको छ ।

लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्‍याएको थियो ।

त्यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका  सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ वर्षीय बालक आबिस्कार बरालको घाईते भएका थिए । 

घाईते उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा  दिउँसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page