सुनसरी, १३ बैशाख । सुनसरीको धरान उपमहानगरपालिका १३ स्थित बेवारिसे अवस्थामा भेट्टिएको स्कार्पियो गाडीबाट प्रहरीले ३ सय केजी गाँजा बरामद गरेको छ ।
शुक्रबार गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले बाटोमा को. १ च ७३३५ नम्बरको स्कार्पियो रोकि राखेको अवस्थामा फेला पारेको हो ।
उक्त स्कार्पियो चेकजाँच गर्दा स्कारपियो भित्रबाट कालो प्लास्टिकले प्याकिङ गरि राखेको (१० पोका) ३०० किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चालकको खोजतलास गरिरहेको र बरामद भएको गाँजा सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

