आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
समाचार

सप्तरीको कञ्चनरूपमा डल्फिन बस दुर्घटना हुँदा दुईको मृत्यु, आधा दर्जन बढी घाइते

कञ्चनरूप, १४ वैशाख । सप्तरीमा अनियन्त्रित भई बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्ग स्थित सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० बदगामामा आइतबार बिहान १२ बजे गाईघाटबाट फत्तेपुर हुँदै काकडभिट्टा जाँदै गरेको प्र १-०१-००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र दुवैको शव राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको डिएसपी काफ्लेले बताउनुभयो ।

घाइते हुनेहरुमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २१ वर्षीया सुबेता दाहाल, सप्तकोशी नगरपालिका–१ का २६ वर्षीया चेतना भट्टराई, झापा ३ निवासी मनोज भट्टराई, मिना भट्टराई, तत्काल नाम, ठेगाना नखुलेका अन्दाजी ७५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनलाई गोल्डेन अस्पताल, विराटनगर पठाइएको, उदयपुर, चौदण्डीगढी नगरपालिका–५ निवासी ५९ वर्षीया कमला भुसाल रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको र विस्तृत विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बसका चालक फरार रहेका र खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page