कञ्चनरूप, १४ वैशाख । सप्तरीको कञ्चनरूपमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
गम्भीर घाइते भएका ७५ बर्षका बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका रत्न बहादुर मगरातीको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
एक पुरुष र एक महिलाको बसले च्यापेर घटना स्थलमा नै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव प्रसाद काफ्लेका अनुसार मृतक दुई जनाको सनाखत हुन सकेको छैन ।
पूर्वपश्चिम राजमार्ग स्थित सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० बदगामामा आइतबार बिहान १२ बजे गाईघाटबाट फत्तेपुर हुँदै काकडभिट्टा जाँदै गरेको प्र १-०१-००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।
अन्य घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक झापा, मखनिनगर नगरपालिका–७ निवासी ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न बसलाई समेत नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

