कोशी प्रदेश समाचार समाज

ताप्लेजुङमा करेन्ट लागेर २४ वर्षीय कामदार राईको मृत्यु

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङमा करेन्ट लागेर २४ वर्षीय कामदारको मृत्यु भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थितमा करेन्ट लागेर ईलामको माई नगरपालिका-१ बतासे का २४ वर्षीय खगेन्द्र राईको मृत्यु भएको हो ।

 शुक्रबार बिहान ताप्लेजुङ मेरिङदेन-३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साईडप्लान्टमा काम गर्ने खगेन्द्रलाई हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाईते भएका थिए । 

घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ  ।

   

You cannot copy content of this page