सोमबार, १० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १० कात्तिक २०८३
धर्म संस्कृति

कञ्चनरूपमा श्रीमानको दीर्घायुको कामनासहित मनाइयो वट सावित्री पर्व

कञ्चनरूप, १२ जेठ । श्रीमानको दीर्घायु तथा सुख–समृद्धिको कामनासहित सोमबार कञ्चनरूप नगरपालिका सहित सप्तरी जिल्लाका विभिन्न ठाउँमा वट सावित्री पर्व श्रद्धा र भव्यताका साथ मनाइएको छ ।
जेठ महिनाको अमावस्या तिथिका दिन मैथिल महिलाहरूले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् । वरको रूख पूजन गरी व्रती महिलाहरूले बाँसको हातेपंखा, प्रसाद र पूजा सामग्रीसहित उपवास गर्दै पतिको दीर्घायुको कामना गरेका छन् ।
महिलाहरुले पतिको दिर्घायू दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् । 
वट सावित्रीको पूजाका लागि व्रतालुहरु शुभ पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामुहिक रुपमा पूजा गर्ने चलन छ । 
यस दिन बरको रुखको फेदमा ब्रह्मा, विष्णु र महेशको आराधना गर्दै सवित्री कथा वाचन तथा श्रवण गर्ने चलन छ ।
पौराणिक कथन अनुसार सत्ययुगमा सावित्रीले आफ्नो मृत श्रीमान् सत्यवानलाई यमराजसँग मागेर पुनर्जीवित गराएकी थिइन्। त्यसैको स्मरणमा प्रत्येक वर्ष ज्येष्ठ अमावस्याको दिन वट सावित्री पर्व मनाइन्छ। भविष्य पुराणअनुसार यो पर्व श्रद्धा, नियम र निष्ठाका साथ मनाएमा पतिको दीर्घायु हुने यमराजले वरदान दिएका छन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page