विराटनगर, जेठ १६ गते । मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ ।
बिहीबार अपरान्ह खोलामा पौडी खेल्ने क्रममा जहदा गाउँपालिका-२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतोको डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएको भन्ने खवर स्थानीयले प्रहरी जानकारी गराएका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट तत्काल प्रहरी टोली खटी स्थानिय बासीको सहयोगमा खोजी गर्दा पानीमा डुवी मृत अवस्थामा बालकलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक बालकको शवलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर लगिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

