कञ्चनरूप, ८ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ६ घोगनपुर स्थित चन्द्र नहरमा आइतबार दिउँसो नुहाउने क्रममा एक जना पुरुषको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय गुलै सरदारको छोरा बर्ष ४६ को सत्रुधन सरदारको शव चन्द्र नहरमा डुबी मृत अबस्थामा फेला परेको प्रहरी चौकी धरमपुरले जनाएको छ ।
आइतबार दिउँसो १२:१५ बजेको समयमा चन्द्र नहरमा नुहाउने क्रममा डुबी सदा हराएका थिए । स्थानिहरुले खोज तलास गर्दा सदा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी टोली खटि थप अनुसन्धान अगाडि बढाएको तथा कानून प्रक्रिया पूरा गरि शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक लेख बहादुर बिष्टले जानकारी दिनुभयो ।
घट्ना स्थल प्रहरी चौकी धरपुरबाट २ किलो मीटर उत्तर रहेको प्रहरीले बताएको छ ।

