समाचार

सप्तरीमा भारतबाट लागूऔषध ल्याउँदै गर्दा दुई युवक पक्राउ

कञ्चनरुप, २१ चैत । सप्तरी प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा विभिन्न लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको टोलीले राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–३ बस्ने ३१ वर्षीय सुरेन्द्र शर्मा र रुपनी गाउँपालिका–३ बस्ने १८ वर्षीय विक्रम कुमार मण्डललाई पक्राउ गरेको हो ।
शर्मा छिन्नमस्ता गाउँपालिकाको कृषि शाखामा कार्यरत रहेको स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १० एम्पुल क्रेक्स डीएक्स १ बोतल, फेनारगन २ एमएलका ९ एम्पुल, एपुलल जेरिस ११ एम्पुल, २५ ग्राम गाँजा र एक थान सिरिन्ज बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध कसुरमा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

   

You cannot copy content of this page