शिक्षा समाचार

रूपनगर संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना

कञ्चनरुप, १ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२, रूपनगरस्थित सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ।
उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गर्नुभएको हो। क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलका अनुसार छात्रवृत्ति क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई प्रत्येक वर्ष प्रदान गरिनेछ।


छात्रवृत्ति सञ्चालनसम्बन्धी विषयमा क्याम्पस र दाता ढकालबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सो अवसरमा बोल्दै ढकालले आफ्नो जन्मस्थानमा शिक्षाको विकासमा योगदान पु¥याउने उद्देश्यले छात्रवृत्ति सुरु गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा छात्रवृत्तिलाई अझ विस्तार गर्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो।
सम्झौताअनुसार कम्तिमा पाँच वर्षसम्म छात्रवृत्ति निरन्तर प्रदान गरिनेछ। क्याम्पसले आवश्यक मापदण्ड तय गरी योग्य विद्यार्थी छनोट गर्ने र उपयुक्त समयमा छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

   

You cannot copy content of this page