समाचार

चेक बाउन्स र ठगी मुद्दाका फरार प्रतिवादी जितेन्द्र कुमार पक्राउ

कञ्चनरुप, १० वैशाख । सप्तरी प्रहरीले चेक बाउन्स तथा ठगी मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय जितेन्द्र कुमार साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, सुजित अग्रवालको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको आदेशपछि खोजी कार्यमा जुटेको प्रहरी टोलीले उनलाई वैशाख ९ गते दिउँसो ४ः२० बजे राजविराज ७ स्थित उनकै व्यवसाय अनमोल फर्निचर एण्ड जनरल सप्लायर्सबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साहलाई आवश्यक थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा पठाइएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

   

You cannot copy content of this page