समाचार

सप्तरीमा बीभत्स घटना: अपहरण गरी नग्न भिडियो बनाउने मुस्तकिम मियाँ पक्राउ

xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

राजविराज, २८ वैशाख । सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार गरेको गम्भीर आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुस्तकिम मियाँसहितको समूहले एक व्यक्तिलाई अपहरण गरी एकान्त ठाउँमा पुर्‍याएर शरीर बन्धक बनाएका थिए। पीडितलाई डर त्रास देखाई, कुटपिट गरी जबरजस्ती शरीरका सम्पूर्ण लुगा खोलि नांगो बनाएर भिडियो समेत खिचेको उजुरी प्रहरीमा परेको थियो।
पीडितले दिएको किटानी जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले मियाँलाई सोमबार राजविराज नगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका मियाँलाई अदालतबाट जारी भएको पक्राउ पुर्जी दिई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
मियाँमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page