समाचार

सप्तकोशीमा पानीको बहाव बढे सँगै २४ वटा ढोका खोलिए 

AI photo

कञ्चनरूप, ३० असार । सप्तकोशी नदीमा पानीको बहाव यश वर्षकै उच्च अवस्थामा पुगेको छ । मंगलबार दिउँसो ४ :३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ८८ हजार २ सय १० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो ।

प्रशासनका अनुसार नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ । बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये २४ वटा ढोका खुला गरिएको छ ।

सप्तकोसीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बाल्ने गरिएको छ ।

सप्तकोशीमा पानी बढेपछी कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

   

You cannot copy content of this page