समाचार समाज

कञ्चनरूप-१२ धरमपुरमा कुखुराको खोरमा अजिङ्गर फेला, वन कर्मचारीद्वारा उद्धार

कञ्चनरूप, २५ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धरमपुर गाउँको नयाँ मोहनपुर टोलमा कुखुराको खोरमा पसेको अजिङ्गरको उद्धार गरिएको छ।

स्थानीय अम्बिका राईको कुखुराको खोरमा सोमबार बिहान अजिङ्गर पसेर कुखुरा खान खोजिरहेको अवस्थामा स्थानीयवासीले देखेका थिए। अजिङ्गर देखेपछि उनीहरूले तत्काल सम्बन्धित वन कार्यालयमा खबर गरेका थिए।

सूचना पाएलगत्तै सब डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अजिङ्गरलाई नियन्त्रणमा लिएको थियो। उद्धार गरिएको अजिङ्गर करिब दुई मिटर लामो रहेको स्थानीय डिकबहादुर विश्वकर्माले जानकारी दिनुभयो।

वन कार्यालयको सहयोगमा अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरी नजिकैको जंगलमा छाडिएको विश्वकर्माले बताउनुभयो।

कुखुराको खोरमा अजिङ्गर भेटिएपछि स्थानीयवासी केही समय त्रसित बनेका थिए। वन कार्यालयको टोलीले सुरक्षित रूपमा उद्धार गरेपछि स्थानीयले राहत महसुस गरेका छन्।

   

You cannot copy content of this page