समाचार समाज

सप्तकोसीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका यादव पक्राउ

कञ्चनरूप, १७ भदौ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका–९ कमलपुर टोल बस्ने ३२ वर्षीय दिलिप कुमार यादव रहेका छन्।

जेठ २५ गते सप्तकोशी नगरपालिका–१० स्थित जाहेरवालीको आफ्नै घरको कोठामा पीडितलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप यादवमाथि रहेको प्रहरीले जनाएको छ। घटना पश्चात् उनी फरार रहेका थिए।

फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भदौ १५ गते कञ्चनरुप नगरपालिका–८ बेरियरस्थितबाट यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

You cannot copy content of this page