महोत्तरी, २० भदौ । सशस्त्र प्रहरी बल, नेपालले महोत्तरीको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा एप्पल कम्पनीका एअरपड बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीबाट खटिएको टोलीले शनिबार सोनमा गाउँपालिका–६ स्थित मगरथाना सीमावर्ती क्षेत्रबाट एप्पलका १ हजार २०० थान AirPods बरामद गरेको हो।
बरामद गरिएका एअरपडको अनुमानित मूल्य २ करोड ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध रूपमा ल्याइएका सामानको निगरानी तथा चेकजाँचका क्रममा उक्त परिमाणमा एअरपड फेला परेको बताइएको छ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
महोत्तरीमा २ करोड ४० लाख मूल्यका १२०० थान एअरपड बरामद













