कञ्चनरूप , ८ असोज । कञ्चनरूप नगरपालिका–१२, रूपनगर सितापुर (दौलतपुर) निवासी समाजसेवी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी क्षेत्र नम्बर १ का सचिव गोबिन्द कटुवालको निधन भएको छ।
कटुवालको बुधबार दिउँसो करिब ३:३० बजे ७६ वर्षको उमेरमा निधन भएको हो। सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कटुवाल दौलतपुर टोल सुधार समितिका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो। उहाँको निधनले स्थानीय समाजमा अपूरणीय क्षति पुगेको स्थानीयवासीले बताएका छन्।
कटुवालको पार्थिव शरीरलाई हिन्दु परम्पराअनुसार कोशी घाटमा लगेर अन्तिम संस्कार गरिएको छ। उहाँका भतिजा प्रल्हाद कटुवालले दागबत्ती दिएका थिए।
स्वर्गीय कटुवालका ६ छोरी छन्। सामाजिक कार्यमा सक्रिय उहाँको निधनप्रति स्थानीयवासी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
समाजसेवी गोबिन्द कटुवालको निधन













