सोमबार, १ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १ मंसिर २०८३
समाचार

नवलपरासीको कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपरासी, ३० कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको उक्त बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको बताइएको छ ।

दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page