बिहीबार, ११ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, ११ मंसिर २०८३
समाचार

ठमेलको होटलबाट ५० लाख बढी रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं, १० मंसिर । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवन जिल्ला घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोतको रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४२५.०९ र संयुक्त अरब इमिरेट्स (यूएई) दिराम ५५ फेला पारेको जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर बरामद रकमको स्रोत तथा कारोबारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page