स्वास्थ्य

२४ घण्टामा देशभर थप ४ सय ५५ जना सङ्क्रमित थपिए ,८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ५५ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार ४ सय १८ नमुनाको पिसिआर परीक्षण गर्दा ३ सय ९८ जना तथा २ हजार ७ सय ९६ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
त्यसैगरी थप ८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ९६ पुगेको छ ।
देशभर गरी १३ हजार ८ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page