स्वास्थ्य

थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि ; १ जनाको मृत्यु

काठमाडौ । नेपालमा आज थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार २ सय ६८ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ४ सय १४ एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ४ पुगेको छ ।
त्यस्तै २ सय ३४ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ८ लाख ६ हजार ७ सय ७८ जना निको भएका छन् ।
आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा ११ हजार ५ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर हाल ५ हजार ८ सय ९० सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page