स्वास्थ्य

३ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि , ३ जना सङ्क्रमितको मृत्यु

काठमाडौँ । नेपालमा छिल्लो २४ घण्टामा ३ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ३६ जनाको नमुना परीक्षण गर्दा ३ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या ८ लाख ७ हजार १ सय ५४ पुगेको छ ।
आज ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय ५७ पुगेको छ ।
नेपालमा ५ हजार ८ सय २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page