स्वास्थ्य

आज एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौँ । आज नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ३ सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १५ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page