स्वास्थ्य

एकैदिन १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि , ५ सय ६२ जना संक्रमित निको

काठमाडौँ । देशभर आज एकैदिन १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ८ सय ७२ पिसिआर परिक्षण गर्दा ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ एन्टीजेन परिक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ५ सय ६२ जना संक्रमित निको भएका छन् । त्यस्तै आज १ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page