स्वास्थ्य

२४ घण्टामा १२ जनाको मृत्यु, ३ हजार ६२७ जना संक्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ६ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । आज ६ हजार ४ सय ९९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ५ जनामा र ५ हजार ८३ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ हजार ४ सय ३२ गरी जम्मा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १० लाख ९१ हजार ८ सय ८८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ७ हजार ५ सय ५५ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ८ लाख ७८ हजार ७ सय २० जना रहेको छ ।
देशभर ६९ हजार २ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page