उत्तम आचार्य /
कञ्चनरुप, ९ फागुन । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीको आयोजनामा सोमवार स्वास्थ्य शाखाको सभाहलमा तथ्याङ्क अनलाइन परिविष्ट गर्नको लागि तीन दिने तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले अहिलेको युग अनलाइनको युग भएको हुँदा कार्यालयको तथ्याङ्कलाई चुस्त दुरुस्त राख्न अनलाइनद्वारा परिविष्ट गर्दा दिगोपना हुने भएकाले नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई यो तालिममा सहभागी गराई अनलाइन प्रणालीद्वारा कार्यालयको कामकाज गर्न सुझाव समेत दिएको जानकारी गराउनुभयो ।
कार्यक्रमको उदेश्यका बारेमा स्वास्थ्य शाखाका स संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका तथ्याङ्क हेर्ने सर्मिला ठाकुर, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्र प्रसाद यादव, तालिममा सहभागी स्वास्थ्यकर्मी जनस्वास्थ्य निरीक्षक विरेन्द्र कुमार साह लगायतका वक्ताहरुले कार्यालयको तथ्याङ्क र रेकर्डहरुलाई अनलाइन प्रणालीमा लादा धेरै राम्रो हुने बताउनु भयो ।
पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहजिकरणको भूमिका निर्वाह गर्नुभएको थियो भने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा तालिम सम्पन्न भएको छ ।
Add Comment