उत्तम आचार्य /
कञ्चनरुप, १७ फागुन । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रुपनगरको आयोजनामा तथा कञ्चनरुप नगरपालिका र अल हार्मेन एकेडेमिक सोसाइटी काठमाडौँको सहयोग तथा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित तीन दिने निशुल्क आँखा शिविर तथा सम्मान , बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिवारदेखि सुरु भएको निशुल्क आँखा शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र छिमेकी देश भारतबाट समेत आँखाका बिरामिहरु आई आँखाको उपचार गराई लाभ लिएका छन् ।
मंगलवार समापन कार्यक्रममा बोल्दै उपचार केन्द्रका अध्यक्ष प्रकाश दाहालले १ हजार ८ सय ५० जना आँखाका बिरामिहरुको आँखा जाँच गर्दा ५ सय १९ जना बिरामीहरुमा मोतिविन्दु फेला परि शल्यक्रियाको माध्यमबाट उपचार गरिएको जानकारी गराउनु भयो ।
हामी दुखी गरिब दलित र असायहरुको लागि निशुल्क रुपमा मोतिविन्दुको सफल सल्यक्रिया गरी उपचार गराउन पाउँदा आफूहरुलाई भगवान नै आए सरह भएको भन्दै खुशी व्यक्त गर्नुहुन्छ कञ्चनरुप ९ का सीताराम सरदार । हामीले पैसा तिरेर पनि सहजरुपमा आँखाको उपचार गराउन नसकिने रहेको अवस्थामा निशुल्क रुपमा आँखाको शल्यक्रियाद्वारा उपचार हुनु आफ्नो लागि गौरवको विषय रहेको बताउनु हुन्छ हनुमाननगर कंकालिनी नगरपालिकाका बुद्धिलाल दास ।
आँखा जस्तो संवेदनशील अंगको सहजरुपमा आफ्नै ठाउँमा उपचार गराउन पाउदा खुशी व्यक्त गर्नुहुन्छ जन्डौलका सलमान खान । ठुलो रकम खर्चेर पनि आफूहरुले समय कुर्नु परिरहेको अवस्थामा कृति सामुदायिक उपचार केन्द्रले तिलगंगाका वरिष्ठ चिकित्सकहरु ल्याएर निशुल्क रुपमा आँखाको शल्यक्रिया गरेर उपचारके सेवा दिनु धेरै सह्रानिय काम गरेको खुशी व्यक् गर्नुहुन्छ कोशी व्यारेजका मत्तिलाल यादव ।
समापन कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले नेपाल देखि भारतसम्मका बिरामीहरु यस ठाउँमा उपचार गराउन आउने भएकाले तिलगंगा नेत्र प्रतिष्ठानको एउटा शाखा कृति सामुदायिक उपचार केन्द्रमा खोली सहयोग गर्न अनुरोध गर्नुभयो । तिलगंगाको शाखा खोल्न भवन निर्माण गर्न नगरपालिकाले ५० लाख छुट्याएको, शौचालय, पानी र विद्युतको समेत व्यवस्था मिलाइदिने र खयर वनमा रहेको जग्गा नगरपालिकाको नाममा आएपछि २ बिघा समेत तिलगंगालाई दिने जानकारी समेत गराउनु भयो ।
तिलगंगा नेत्र प्रतिष्ठानका टोली प्रमुख नामखेन लामा र डा. प्रविन कुमार लगायत वक्ताहरुले मानवको सेवा गर्नुनै आफ्नो ठुलो कर्तव्य भएकाले वर्षेनी हामी कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन गर्न आउने बताउनुभयो ।
विगत ४ वर्ष देखि यहाँ निशुल्क आँखा शिविर सञ्चालन हुँदै आइरहेको छ । सोही अवसरमा उपचार केन्द्रले तिलगंगा नेत्र प्रतिष्ठानका वरिष्ठ चिकित्सकहरु लगायत टिममा आउनुभएका सम्पूर्णलाई माला र दोसल्ला ओढाई सम्मान गरी बिदाई गरेको छ ।
उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment