डम्बर राई
कञ्चनरुप, बैशाख २९ गते । यहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा सप्तरीको कञ्चनरुप नगरपालिकामा नेकपा एमालेको विजय हुनेमा कुनै शंका नरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनिष श्रेष्ठले बताए ।
उनले भने, परमादेशी गठबन्धन सरकारले देशमा जनमुखी र देशको आमुल परिवर्तनकारी ठोस योजना दिन नसकेकोले गठबन्धन दलमा आम जनताको विश्वास घटेको छ ।
पार्टीको विकास त्यहाँबाट सुरुहन्छ जहाँ जनताको विश्वास हुन्छ तर गठबन्धनमा बसेका दलहरुले सरकारको स्वाद चाख्ने बाहेक केहि काम गर्न सकेन जनताको मनमा बस्न नसकेको हुँदा गठबन्धनकारी दलहरु स्थानिय निर्वाचनमा परास्त हुने युवा नेता श्रेष्ठले सुल्झाए । आफ्नो पार्टीले योग्य कर्मठ योजनाकारी इमान्दार भौगोलिक, क्षेत्रिय लिङ्गियताको आधारमा उम्मेदवार दिइएकोले सुर्य चुनाव चिन्ह सबैको केन्द्रविन्दु बनेको छ । पार्टी जिल्ला सदस्य युवा नेता श्रेष्ठले सप्तकोशी र कञ्चनरुपमा नगरप्रमुख, उपप्रमुख सहित आठवटा वडा र जिल्लाका अधिकांश पालिकामा एमालेको विजयहुने दावी गरेकाछन् ।
कञ्चनरुपमा २०७४ को स्थानिय निर्वाचनमा शंका थियो तर साढे आठसय मतले लिडगर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले जीत हासील गर्यो । यस पटकको निर्वाचनमा मोहम्मद कलिम मियाँलाई एमालेले नगर प्रमुख पदमा उम्मेदवारी गराएपछि मतदाताहरुको आकर्षण सुर्य चिन्हमा बढेर गएको नगर प्रचार प्रसार विभाग प्रमुख माधव चौधरीको भनाई छ ।
चौधरीले भने, वडा नम्वर ६ घोघनपुर निवासी मियाँ अतिमिलनसार, योग्यता , क्षमतावान समाजसेवी हुनुहुन्छ वहाँले आफ्नो पहलबाट मुस्लिम हिन्दु लगायत सबै जाती समुदायलाई गरी हजारौं ट्युवेल, मोटर जडान गरी खानेपानी उपलब्ध गराउँदै आएको छ ।
कसैको दुखलाई टुलुटुलु हेरिरहन नसक्ने, अति सहयोगी भावनाका धनी मियाँले आफु नगर प्रमुख भएपछि गरीव, विपन्न वर्गका समुदायको पक्षमा काम गर्ने साथै स्वास्थ्य, कृषि, शिक्षामा वर्गिय पहुँच एवं सेवाबाट बञ्चितहुन बाध्य समुदायलाई समावेशी र सेवामुखी बनाउँने अठोट लिइएको चौधरीले जनाएको छ । यस नगरपालिकामा एमालेलाई नेपाली काँगै्स, जनता समाजवादी पार्टीले पछ्याउँनेछन् ।
उता नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार ललन प्रसाद गुप्ताको पनि आफुले जीत हासील गर्ने दावी छ । अघिल्लो निर्वाचनमा उनले एमालेसंग साढे आठसय मतले पराजित भएको थियो ।
त्यसैगरी भोला पासवानको पनि बर्चस्वमा कमी देखिएको छैन । युवा कर्मठ योग्य आफु भएकोले आम जनताको आँखामा आफु बसेको पासवानको ठोकुवा छ । आफुले दलितको मतमात्र सात हजार प्राप्त गर्ने दावी गर्दै आएको छ ।
जनमत पार्टीबाट नगरप्रमुखमा उम्मेदवार इन्द्रदेव कौगडिया यादवपनि जित्ने दावी गर्दै आएकाछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुख उम्मेदवार श्रवण कुमार विष्टपनि आफुलाई कमजोर ठानेका छैनन् ।
Add Comment