समाचार

सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मत खस्यो

कञ्चनरुप (सप्तरी), ३० वैशाख । सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान कार्यमा ६५ प्रतिशत मत खसेको हो ।
जिल्लाको ९ नगरपालिका र ९ गाउँपालिकामा भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको ५ सय ३५ मतदान केन्द्रमा उत्साह र शान्तिपूर्ण ढंगले मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा भने निर्वाचन स्थगित भएको । स्थगित गरिएको निर्वाचन जेठ १ गते हुने तय गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा ४ लाख १२ हजार ४ सय ४५ कुल मतदाता रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page