मधेस प्रदेश समाज

सप्तरीमा ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

कञ्चनरुप, १९ चैत । सप्तरीमा ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
आइतबार बिहान १० बजे जिल्लाको बोदेबर्साईन नगरपालिका ३ सारसर पुर्बारी टोल स्थित भित्री सडक खण्डमा सारसरबाट धनगढी तर्फ जादै गरेको प्र २–०१–००१ त २५१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटोको बाँया पल्टिदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक धनगढी बस्ने अशोक यादवको छोरा बर्ष २२ को पँकज यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको ।
मृतकको शव पोस्मार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको तथा उक्त घटना वारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page