मधेस प्रदेश समाचार समाज

१८ वर्षीया युवती बलात्कार घटनामा सहयोग गरेको आरोपमा बिर्जु साह पक्राउ

राजविराज । १८ वर्षीया युवतीलाई बलात्कार घटनामा सहयोग गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुरका २५ वर्षीय बिर्जु साह रहेका छन् ।
गाउँघरबाटै आरोपितलाई चैत २० गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर चन्द्रकान्त अधिकारीले जानकारी दिए । इन्स्पेक्टर अधिकारीका अनुसार प्रहरीले चैत १९ गते मात्र घटनाबारे जानकारी पाएपछि चैत २० गते पीडितबाट उजुरी लिई दर्ता गरिएको हो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत २० गते भएको छ ।
तरकारी बिक्री गरेर चैत १० गते साँझ घर फर्किदै गर्दा पीडितको साइकल बिग्रिएकाले बिर्जुले मर्मत गरिदिने आश्वासन दिई रात परेपछि मुख थुनी आफ्नो घर लगी कोठामा थुनेको र अर्का आरोपित सोही ठाउँका २१ वर्षीय सन्तोष साहले बलात्कार गरेको पीडितले बताइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page