मधेस प्रदेश राजनीति

मधेश प्रदेशका निवर्तमान कानुन, न्याय मन्त्री लेखीद्वारा गाडीसहित सम्पूर्ण सुविधा फिर्ता

सप्तरी, चैत २२ गते । मधेश प्रदेशका निवर्तमान कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राज कुमार लेखीले गाडी लगायत सम्पूर्ण सुविधा प्रदेश सरकारलाई फिर्ता गर्नु भएको छ । लेखीले मन्त्री पदबाट राजिनामा दिएको भोलिपल्टै बुधबार मन्त्रालयमा गएर उहाँले मन्त्रालयको सम्पुर्ण सुविधा फिर्ता गर्नुभएको हो ।

मधेश प्रदेश सरकारबाट मंगलबार नेकपा एमाले बाहिरिएको थियो । सरकारबाट बाहिरिएसँगै मन्त्री लेखी सहित एमालेका पाँच जना मन्त्रीहरुले सामुहिक राजीनामा दिनुभएको थियो ।
उक्त अबसरमा लेखीले मन्त्रालयका कर्मचारीहरुसङ्ग भेटघाट समेत गर्नुभएको छ । मन्त्रालयका कर्मचारीहरुले निवर्तमान मन्त्री लेखीलाई फुलमाला, अविर, दोसल्ला र मायाको चिनो प्रदान गरि विदाई गरेका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page