मधेस प्रदेश समाज

सप्तरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

कञ्चनरुप । सप्तरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका २ बैरियामा बिहिवार उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १७प ९४७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुदाँ सोही नगरपालिका ५ का १७ वर्षीय चालक सागर पण्डितको मृत्यु भएको हो ।
घाईते पंडितको उपचारको लागि जिवन ज्योति अस्पताल बोदेबर्साइनमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँका १५ वर्षिय सुमित पंडित घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page