सप्तरी, ७ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्लाको विष्णुपुर गाउँपालिका ३ स्थित मुसहर्नियाका बिरेन्द्र कुमार मण्डलकी २३ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको झुण्डिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मनिषाको शव शनिबार आफ्नो सुत्ने कोठामा काठको धरिनमा साडिको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेहेको हो । मृतक महिलाको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्युको कारण बारे खुल्न नसकेको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
झुण्डिएको अवस्थामा एक महिलाको शव फेला











Add Comment