कञ्चनरुप, १४ असार । विश्वमा कम्युनिस्टहरु लोप हुँदै गइरहेको अवस्थामा नेपालमा मदन भण्डारीको विचार र सिद्धान्तले गर्दा कम्युनिस्ट पार्टीको उदय भएको नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले बताउनु भयो ।
नेकपा एमाले सप्तरी र मदन भण्डारी फाउण्डेसन सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित नविन विचारक जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्ती कार्यक्रममा बोल्दै प्याकुरेलले सो कुरा बताउनु भएको हो ।
अहिले राज्य मदन भण्डारीको विचार र सिद्धान्त टेकेर अगाडि बढीरहेको नेता प्याकुरेलले बताउनु भयो । नेकपा एमालेको सरकारले जनताले महसूस गर्नेगरी सामाजिक सुरक्षा भत्ता, खाजा भत्ता, विकास निर्माणको कार्य, स्वास्थ्य क्षेत्रमा सुधार जस्ता कार्यहरु अरु कुनै सरकारको पालामा नभएको प्याकुरेलले बताउनु भयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटाले मदन भण्डारीको विचार र सिद्धान्त बुझ्न सके पार्टीको संगठन मजबुत भएर जाने बताउनु भयो । नेकपा एमाले विचार र सिद्धान्तले चल्ने पार्टी भएकै कारणले गर्दा जनता माझ लोकप्रिय भएको देवकोटाले बताउनु भयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखीले मदन भण्डारीको भावनालाई कदर गर्दै नेता कार्यकर्ता इमान्दारीपूर्वक संगठनमा लाग्ने हो भने नेकपा एमालेलाई कुनै पनि हक्तिले हराउन नसक्ने बताउनु भयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य सरिता गिरी यादवले मदन भण्डारी नेपालको मात्र नभएर दक्षिण एसियाकै नेता रहेको बताउनु भयो । नेकपा एमालेका कार्यकर्ताहरु इमान्दारीपूर्वक संगठनमा लाग्नुपर्ने बताउनु भयो ।
नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य बसन्त मिश्र, उत्तम गौतम, शैलेन्द्रचन्द्र झा, असोक यादव, आशरा चौधरी, सुखराम यादव, देव नारायण चौधरी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष मनोहर पोखरेल लगायतका वक्ताहरुले विचार र सिद्धान्तले गर्दा मानिसलाई लोकप्रिय बनाउने बताउनु भएको थियो ।
सोही अवसरमा जसपा पार्टी परित्याग गरी महदेवा–२ का उपेन्द्र यादव, राजविराज–६ का असोक कुमार ठाकुर, महदेवा– का लक्ष्मण यादव, जनमत पार्टी परित्याग गरी गोबरगढाका संजक कुर्मी, महेश कुमार यादव एमालेमा प्रवेश गरेका थिए । नव प्रवेसीहरुलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले टिका लगाएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।
स्वागत मन्तव्य मदन मण्डारी फाउण्डेसनका सप्तरी अध्यक्ष रामलखन मुखियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेकपा एमालेका जिल्ला सचिव देवनाथ यादवले गर्नुभएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment