खगेन्द्र कार्की /
सप्तकोसी । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले सप्तरीका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रेस स्वतन्त्रता बिरोधि गतिविधि नरोके नेकपा एमाले पत्रकार संगै सडक आन्दोलनमा आउने चेतावनी दिनुभएको छ ।
बिहिवार सप्तरीको राजविराजमा नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको जिल्ला भेलामा प्रमुख अतिथि रहेका पोलिटब्युरो सदस्य प्याकुरेलले सप्तरी प्रहरी प्रशासन तानाशाही बनि पत्रकारहरु माथि दमनमा उत्रिएकाले सप्तरीका प्रमुख जिल्ला अधिकारीले पत्रकारसंग माफी मागि बार्तामा आउनु पर्ने बताउनु भयो।
गत साउन १५ गते प्रेस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष तथा पत्रकार मनोहरकुमार पोखरेलमाथी भएको प्रहरी दमनको निन्दा गर्दै नेता प्याकुरेलले भन्नु भयो जिल्लामा शान्ति सुरक्षा प्रदान गर्ने निकाय जिल्ला प्रहरी कार्यलय भित्र पत्रकार कुटिन्छन्, मानवाधिकारकर्मी कुटिन्छन् त्याहाँका जनताले कस्तो शान्ति सुरक्षा पाएको होलान भन्दै प्रति प्रश्न गर्दै पत्रकार कुट्ने प्रहरीलाई नाटकि निलम्बनको प्रपञ्च नरचि तत्काल कार्बाहिको माग गर्नुभयो ।
जिल्ला प्रशासन कार्यलय जस्तो निकाएमा पत्रकारलाई कार्यालय प्रवेश तथा समाचार संकलन गर्न रोक लगाइन्छ यो कुन तानाशाह हो तत्काल प्रमुख जिल्ला अधिकारीले माफि नमागे नेकपा एमाले आन्दोलनमा उत्रने नेता प्याकुरेलले बताउनु भयो।
पत्रकारहरुको हाल जारी आन्दोलनमा एक्यवद्धता जनाउँदै प्याकुरेलले यहाँका जनता सहिद हुन तयार छ्न् तर प्रहरी प्रशासनसंग नडराउने बताए । प्याकुरेलले प्रचण्ड नेतृत्वको सरकारलाई सुनकाण्ड,सेना समायोजन, भुटानी शरणार्थीको फायल खोल्न चुनौती दिए ।
नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले एमाले विरुद्ध सबै पार्टी एक ठाँउ भएपनि एमाले कहिल्यै सानो नहुने बताउनु भयो ।
जनसंगठन समन्वय संयन्त्र मधेश प्रदेशकी उप सचिव आरती भण्डारीले वर्तमान सरकारले मधेस प्रदेशको बजेट कटौती गरि काँग्रेसी नेताको गृह जिल्लामा लगाएको आरोप लगाउनु भयो । जाहाँ मल छैन, बीउ छैन, पानी छैन त्याहाँकै कृषि क्षेत्रको ११ अर्व बजेट कटौती प्रचण्ड सरकारले गरेको बताउनु भयो । मधेशका स्थानीय तहको बजेट प्रचण्ड सरकारले भारी कटौती गरेको बताउँदै उहाँले काँग्रेसको काँधमा चढेर बनेको प्रचण्ड सरकार मधेश विरोधी भएको टिप्पणी गर्नुभयो ।
नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले एमाले विरुद्ध सबै पार्टी एक ठाँउ भएपनि एमाले कहिल्यै सानो नहुने बताउनु भयो । नेकपा एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले मधेशमा हुने जातीय राजनीति सफल नहुने तर्क गर्नुभयो । मधेसमा जातको नाममा राजनीति गर्ने र कुर्सी पाएपछि पुरै मधेश विर्सने नेताहरुको पछि नलाग्न उहाँले सप्तरीबासिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सरिता गिरि ,नेकपा एमाले मधेश प्रदेश प्रचार बिभाग प्रमुख सोम प्रसाद शर्मालगायतले मन्तव्य राख्नुभएको थियो।
जनवर्गिय संगठन सप्तरीका प्रमुख दुर्गानन्द ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा देवनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
Add Comment