राजनीति

धनेश्वरप्रसाद मण्डलको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल पिछडा वर्ग (ओबीसी) गठन

राजविराज ,४ भदौ । अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको सोमबार सम्पन्न जिल्ला अधिवेशनले धनेश्वर प्रसाद मण्डलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
राजविराजमा सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा डम्बर यादव, सचिवमा राधेश्याम मण्डल, सहसचिवमा माधवमुकुन्द मण्डल र कोषाध्यक्षमा बिन्देब यादवलाई चयन गरेको छ ।
नवगठित कमिटीको सदस्यहरुमा दिनेशकुमार साह, राजकुमार मण्डल, बलराम साह, सुशिल ठाकुर, बिन्देश्वर साह, संजिब कुमार साह, आशादेबी राउत, सन्तोषकुमार साह, भुटाई मण्डल, डोमनी कुमारी राय, बिन्देश्वर साह, रामनारायण शर्मा, रामसुन्दर साहलगायत रहेका छन् ।

कार्यसमिति चयन अघि अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रिय सदस्य तथा मधेस प्रदेशका सांसद हरीनारायण महतोले पिछडा वर्गलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउनुपर्नेमा जोड दिए । ओबीसी महासंघ विभागका केन्द्रीय इन्चार्ज समेत रहेका महतोले पिछडा वर्ग तथा कमजोर वर्गलाई सशक्त बनाउन विभिन्न किसिमको ज्ञानसीप जस्ता कार्यक्रम अगाडि सार्नुपर्नेमा राज्यको ध्यानाकर्षण गराए ।
नेकपा (एमाले) केन्द्रीय सदस्य दिवाकर देवकोटाले पिछडावर्गहरु आफू जहिले पनि पछि परेको जात भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने जिकिर गरे । उनले आफूमा निहित ज्ञान, सीप, कला, क्षमतालाई उच्चतम प्रयोग गर्नुपर्ने बताए । त्यस्का लागि राज्यले वातावरण निर्माण गर्नुपर्ने उनको तर्क थियो ।

एमाले प्रदेश कमिटी सचिवालय सदस्य सोमप्रसाद शर्मा, सप्तरी जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर, ओबिसी महासंघका सचिव अशोक कुमार यादवले अधिवेशन सफलताको शुभाकामना व्यक्त गर्दै आ आफ्नो मन्तव्य राखेका थिए ।
धनेश्वर प्रसाद मण्डलको अध्यक्षता तथा ओबिसी महासंघ प्रदेश उपाध्यक्ष चितरञ्जन यादवले स्वागत गरेको अधिवेशन उद्घाटन समारोहको सञ्चालन मोर्चा संगठनका सचिव भागवत यादवले गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page