कञ्चनरूप, १९ भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् ।
नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो ।
मुल्तबीमा राखिएको मुद्दामा उनलाई मंगलबार सप्तरी जिल्ला अदालतमा पेश गर्दा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
निज प्रतिवादिलाई मुलुकि फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाउनु भन्ने आदेश भएको हुँदा उल्लेखित प्रतिवादिलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अनिरुद्धकुमारलाई सोमबार प्रहरीले राजविराजबाट नियन्त्रणमा लिएको थियो ।
शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते बोदे बरसाइन नगरपालिका २ नेङ्गडा बैरिया टोलमा अपहरणपश्चात गोली हानी हत्या गरिएको थियो। अदालतमा अभियोगपत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरार रहेका थिए।
प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान












Add Comment