बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, ५ पुस । प्रहरीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-५ सुनसरीकी ३४ वर्षीया सन्जु बस्नेत रहेकी छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७९/११/०२ गतेको फैसला अनुसार ३ दिन कैद र नगद १ लाख ५० हजार रुपैया जरिवाना तोकिएको मा बेरुजु रही फरार रहेकी थिइन् ।
पक्राउ परेकी उनीलाई सम्मानित अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page