बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

लेनदेन विगो मुद्धामा ६ महिना कैद भई फरार रहेका मण्डल पक्राउ

बिराटनगर, ६ फागुन । मोरङ प्रहरीले लेनदेन विगो मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१५ का ४० बर्षीय रामजी मण्डल रहेका छन ।
६ महिना कैद भई फरार रहेका मण्डललाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।१०।१९ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका थिए ।
पक्राउ परेका उनलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page