मधेस प्रदेश समाचार

कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनरुप नगरपालिका पाँचौ स्थानमा

कञ्चनरुप । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनरुप नगरपालिका पाँचौ स्थानमा रहेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार कञ्चनरुप नगरपालिका २५.५९ अंककासाथ जिल्लाकै पालिका मध्ये पाँचौ स्थानमा परेको हो ।
सुरुङ्गा नगरपालिकाले ४२.०२ अंक प्राप्त गरी जिल्लामा रहेको १८ वटा पालिकामध्ये पहिलो बनेको छ । त्यस्तै राजबिराज नगरपालिकाले १०.७४ अंक मात्र प्राप्त गरी सबैभन्दा पछाडी परेको छ ।
जिल्ला भरको पालिकामध्ये दोश्रो सप्तकोशी नपाले ३४.८४, तेश्रोमा हनुमाननगर कंकालिनी नगरपालिकाले २७.६२ र चौथोमा २६.८१ अंककासाथ तिलाठी कोइलाडी गाउँपालिका रहेको छ ।
प्रदेश तथा कार्यसम्पादन मूल्याङ्कन कार्यविधि ,२०७८ अनुसार १७ वटा सुचाङ्कमा एक सय अंक प्राप्त गरेको आधारमा आयोगले मूल्याङ्कन गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

   

You cannot copy content of this page