मधेस प्रदेश राजनीति

मधेस प्रदेशमा जनमत पार्टीको सतिस सिंह नेतृत्वको सरकारले नै पायो निरन्तरता

खगेन्द्र कार्की /
फत्तेपुर, २२ असार । संघिय सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस सहितको नयाँ सत्ता समीकरण बनेपछि मधेस प्रदेशमा पुनः जनमत पार्टीका सतिस सिंह नेतृत्वको सरकारले नै निरन्तरता पाएको छ ।
कुल १ सय ७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेश शनिबार प्रदेश सभामा भएको विश्वासको मतमा बर्तमान सतिस सिंह नेतृत्वको सरकारको पक्षमा कुल ६७ मत परेको छ ।
वर्तमान सरकारलाई नै निरन्तरता दिने गरी नेकपा एमालेको २५,नेपाली कांग्रेसको २३,जनमतको १३ र लोकतान्त्रिक समाजवादी पार्टीको ८ जना प्रदेश सभा सदस्यहरुले सरकारको पक्षमा मतदान गरेका थिए ।
यस अघिको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् ।
मतदानमा १ सय १ जना प्रदेश सभा सदस्यले भाग लिएको नेकपा एमालेको नेता एवं शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले जानकारी दिए ।

   

You cannot copy content of this page