अन्तराष्ट्रिय समाचार

ब्राजिलमा जहाज दुर्घटना, पाइलट सहित ६१ जनाको मृत्यु

काठमाडाैं । ब्राजिलको राज्य साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घटना भएको हो ।  
जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । 
सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको छ । एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।

   

You cannot copy content of this page