कोशी प्रदेश समाचार समाज

करेन्ट लागेर एक जना विद्युत् कर्मचारीको मृत्यु, तीन जना घाइते 

सोलुखुम्बु, २७ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना विद्युत् कर्मचारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 
 मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का ४० वर्षीय बिष्णु राई रहेका छन् ।
 शनिबार दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा बिद्युत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानिय ४० वर्षीय बिष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनीहरुलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा बिष्णु राईको मृत्यु भएको हो । 
अन्य घाईतेहरुको सोही अस्पतलामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।
६ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चारजनालाई करेन्ट लागेको हो ।

   

You cannot copy content of this page