मधेस प्रदेश समाचार समाज

सप्तरीमा ट्रक दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु

कञ्चनरूप , २९ साउन । सप्तरीमा ट्रक दुर्घटना हुँदा च्यापिएर चालकको घटना स्थलमै मृत्यु भएको छ । 
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिक -५ मा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक मोरङ उर्लाबारी-१ का २५ वर्षीय सविन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश -०३-००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट २० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रक भित्र च्यापिएर चालक राईको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page