सप्तरी । बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा दिने घोषणा गरेको हो ।
पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ ।