भोजपुर, फागुन २६ गते । जिल्ला प्रहरी कार्यालय भोजपुरले २४ वर्ष पछि कर्तब्य ज्यान मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भोजपुर पौवादुम्मा गाउँपालिका-६ का ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।
भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.-८ का बिजय कुमार राईलाई शान्त कुमारले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएकोमा बिजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।
घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



