आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
समाचार

विष्णु पाञ्चायन मन्दिर कञ्चनरूप-७ आदर्शको १३ औं वार्षिकोत्सव सम्पन्न

कञ्चनरूप, २८ फागुन । श्री विष्णु पाञ्चायन मन्दिर कञ्चनरूप-७ आदर्श टोलको १३ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ ।

बुधबार मन्दिर संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष द्वारिका प्रसाद भट्टराईको अध्यक्षतामा तथा मधेस प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

सो कार्यक्रममा बोल्दै मन्त्री लेखिले धर्म संस्कृतिको संरक्षण भए मात्र समाजलाई रुपान्तरण गर्न सकिने बताउनुभयो ।

कञ्चनरूप नगरपालिकाकी उप प्रमुख मुनाकुमारी पोखरेलले धर्म संस्कृतिले मानिसलाई अनुशासनमा राख्ने भएकाले धर्म , संस्कृतिको संरक्षण हुनु अतिनै आवश्यक रहेको बताउनुभयो  ।

१७ जना पण्डितहरुद्वारा लघु पाठ ,वेद पाठ , चण्डी पाठ , ग्रह शुक्त पाठ , देवी ,विस्णु ,शिव ,गणेश र सूर्यको शुक्त पाठ र हवन समेत गरिएको मन्दिर संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष द्वारिका प्रसाद भट्टराईले जानकारी दिनुभयो  ।

यस मन्दिर परिसरमा बिबाह , ब्रतबन्ध लगायतका कार्यक्रमहरु गर्न सुविधा सम्पन्न ठाउँको ब्यवस्था रहेको मन्दिर संरक्षण सम्बर्द्धन समितिका सह सचीव राजेन्द्र प्रसाद कोइरालाले बताउनुभयो ।

सोहि अवसरमा मन्त्री राजकुमार लेखी , उषा खान , उप प्रमुख मुनाकुमारी पोखरेल , नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटा , सुमिता नेपाल , ७ नम्बर वडाका वडा अध्यक्ष शमानन्द चौधरी , संचारकर्मि उत्तम आचार्य र पूर्व शिक्षक बुद्धिशागर चौधरीलाई रामनामि ओढाएर सम्मान गरिएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page