पर्सा, ९ पुष । पर्सा प्रहरीले १ सय २० केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । बुधबार सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनी भाठाबाट खटिएको गस्ती टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा स्थित धुतहा खोलाको किनारबाट उक्त गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ लागुऔषध गाँजा बोकेर लैजाँदै गरेका केही व्यक्तिहरू प्रहरी टोलीलाई देख्नासाथ गाँजा छोडी फरार भएका थिए । ८ वटा प्लास्टिकका पोका खोली हेर्दा १ सय २० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ भने फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।











