समाचार समाज

सप्तरीमा मोबाइल चोरी गर्दा गर्दै एक युवक रंगेहात समातिए

कञ्चनरूप, १० पुस । सप्तरीमा मोबाइल चोरी गर्दा गर्दै एक युवक रंगेहात समातिएका छन् । सप्तरीको बोदे बर्साईन नगरपालिका-५ बजार स्थित देव जेनरल स्टोर पसलबाट मोबाइल चोरी गर्दै गर्दा एक युवकलाई स्थानीयवासीले रंगेहात पक्राउ गरेका हुन् ।

चोरीको मोबाइलसहित बोदे बर्साईन नगरपालिका -१ महनौरी का सुमित कुमार यादवलाई स्थानीयले पक्राउ गरेको हो ।

यादवले एकै दिनमा छुट्टाछुट्टै समयमा लाखौंको मोबाइल चोरी गरेका थिए । 

यादवलाई हाल सोधपुछ तथा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बोदे बर्साईन लगिएको छ ।

   

You cannot copy content of this page